2075-12-05
2075-12-05
अवैध मदिरा नियनत्रण तथा रोकथाम गर्ने उदेश्य अनुरुप आज मिति २०७५।१२।०५ गते बिहान ०८:०० बजेको समयमा यस कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय चैनपुर बझाङ बाट संयुक्त रुपमा खटि गएको प्रहरी टोलिले जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं. १० चैनपुर बजार स्थित आसपासका होटेल पसलहरुमा र मष्टा गा.पा.१ पुरिगाँउ स्थितका घर पसलहरुमा अवैध रुपमा बिक्री बितरण गर्न राखिएको अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ समेत १ हजार ५ सय लिटर बरामद गरी ऐ. ११:०० बजेको समयमा वडा प्रहरी कार्यालय चैनपुर बझाङको प्राङ्गणमा जन-प्रतिनिधि, सरोकारवाला निकायहरुका प्रतिनिधि, स्थानिय भद्र भलादमी, बुद्धिजिवी,समाजसेवी,नागरीक समाज र पत्रकारहरु समेतको रोहबरमा नष्ट गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ
Powered By: ProActive Developers