Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
District Administration Office Bajhang

Ministry of Home Affairs

District Administration Office, Bajhang

Government of Nepal Logo
District Administration Office Bajhang

Ministry of Home Affairs

District Administration Office, Bajhang

Thursday, Ashadh 04, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Introduction Of Bajhang 2075-07-14

 बझाङ्ग जिल्लाको परिचय

भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेश नं. ७ को उत्तरी भागमा यो हिमाली जिल्ला बझाङ्ग अवस्थित रहेको छ ।नेपालकै शिक्षामा अग्रणी भुमिका निर्वाह गर्ने  बझाङ्ग जिल्ला जयपृथ्वी बहादुर सिंह जस्ता मानवतावादी राजा, शिक्षाप्रेमी तथा पत्रकारका कारणले पनि प्रख्यात छ ।

            यस जिल्लाको नाम कसरी बझाङ्ग रह्यो भन्ने सम्बन्धमा एक ऐतिहासिक रोचक कथन छ । बझाङ्गी राजाका पूर्वजले साविकको व्याँसी गा.वि.स.मा हाल छवसपाथिभेरा गाउँपालिका पर्ने एउटा शिखरमा दरवार(कोट) बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिला(ढुङ्गा) फेला परेछ । उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फाल्दा बारम्बार साविककै ठाउँमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरवको रुपमा स्थापित गरी पुजा गरे । अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङ वा वज्र परेछ । तर कालभैरवको प्रभावले उक्त चट्याङ प्रभावहिन भई दरवारमा कुनै क्षति नपुगेकोले त्यस ठाउँलाई बज्रङ्ग भनिएछ । कालान्तर पछि उक्त शब्द अपभ्रंश भई बझाङ्ग हुन गएको हो भन्ने ऐतिहासिक मान्यता रहि आएको छ । चौविसे राज्यमध्ये बझाङ्ग पनि एउटा राज्य थियो । जसका अन्तिम राजा ओमजङ्ग बहादुर सिंह थिए । बझाङ्ग मात्रै नभई सम्पुर्ण देशकै शैक्षिक इतिहासमा अग्रणी मानिएका सु-प्रख्यात मानवतावादी राजा श्री जयपृथ्वी बहादुर सिंहले नेपाली भाषाको पहिलो पाठ्यपुस्तक अक्षरांश लेखि नेपालकै शैक्षिक इतिहासमा ठुलो योगदान पुर्‍याएका थिए ।

             यस जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपुर्ण रहेको छ । यस जिल्लाको पूर्वमा बाजुरा, पश्चिममा वैतडी र दार्चुला, दक्षिणमा अछाम र डोटी तथा उत्तरमा हुम्ला र चिनको स्वशासित प्रदेश तिब्बत पर्दछ । यो जिल्ला २९ डिग्री २२ मिनेट देखि ३० डिग्री ९ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४६ मिनेट  देखि ८१ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । यस जिल्लाको क्षेत्रफल ३४२२ वर्ग किलो मिटर रहेको छ । यस जिल्लाको धरातलीय उचाई समुद्री सतहबाट ९१५ मिटर देखि आकाशिदै सेतीको सगरमाथा मान्न सकिने बझाङ्गको शिर सैपाल हिमाल ७०३७ मिटर उचाई सम्म फैलिएको छ र यस जिल्लामा जम्मा २ नगरपालिका १० गाउँपालिका गरेर जम्मा १२ वटा स्थानीय तहहरु छन् ।

             यो जिल्ला विशेष गरी पहिरो, आगलागी, मौषमको विषमता, महामारीको प्रकोपबाट उच्च जोखिममा रहेको छ । यस प्रकारका विपदको समयमा प्रभावकारी रुपमा मानवीय सहायता परिचालन, प्रकोपबाट हुने क्षति न्यूनीकरणमा पूर्व तयारी गर्ने र सम्बन्धित निकायको जिम्मेवारीलाई प्रष्ट किटान गर्नका लागी विपद पूर्वतयारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।

 


Last Updated : 2083-01-28 12:46:04

© All Rights Reserved to District Administration Office, Bajhang .