Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

जिल्ला प्रशासन कार्यालय, बझाङ

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बझाङ

न्यून व्यान्डविथ Invert Color A- A A+

अन्य जानकारी

नागरिकता लिदा आवश्यक पर्ने कागजात तथा प्रकृया

सि.न.

सेवा सुविधाको विवरण

अावश्यक पर्ने कागजात / प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मचारी शाखा / इकाई

गुनासो सुन्ने अधिकारी

कैफियत

समय

शुल्क

बंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र

 १. तोकिय वमोजिमको फाराममा सम्वन्धित स्थानिय निकाय (गा.पा./न.पा) को सिफारिस
२. वावु वा आमा वा आफ्ना बंशज तर्फका तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण-पत्र र सनाखत
३. नाता खुल्ने गरी सम्वन्धित स्थानिय निकायले गरिदिएको नाता-प्रमाणित
४. जन्म स्थान खुल्ने जन्म दर्ताको प्र.प.
५. शैक्षिक योग्यताको प्रमाण-पत्र
६. विवाहित महिलाको हकमा- विवाह दर्ता,पति सासु वा ससुरा वा जेठाजु वा देवर मध्ये कसैको सनाखत, माईति पट्टिको आमा वा वावु वा दाजु वा भाईको ना.प्र.
७. वसाईसराई गरी आएकाहरुको हकमा वसाईसराई दर्ता प्रमाण-पत्र
८. पेश भएका प्रमाणको अधिकारिकता यकिन गर्नु परेमा  सम्वन्धित जिल्ला वा निकायमा वुझ्न सकिने छ ।
९.  फोटो-४ प्रति

प्रमाण पुग्ने बित्तिकै

 रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

 स.प्र.जि.अ वा प्र.जि.अ.

 

जन्मको आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकताको प्रमाणप-पत्र

१. तोकिए बमोजिमको फाराममा सम्बन्धित स्थानीय निकाय (गा.पा./न.पा.) को सिफारिस ।
२. जन्मदर्ता प्रमाण-पत्र
३. शैक्षिक योग्यताको प्रमाण-पत्र (उपलब्ध भए सम्म)
४. बाबुको नेपाली नागरिकताको प्रमाणपत्र
५. बाबुको मृत्यु भै सकेको भए मृत्यु दर्ता र आमाको नेपाली नागरिकताको प्र.प.
६. बाबुको सनाखत । बाबुको मृत्यु भै सकेको भए बाबुको नागरिकता सहित आमाको सनाखत
७. नागरिकताको प्रमाणपत्रको विषयमा उजुरी परेको भए छानविन समाप्त भएपछि मात्र निर्णय हुने ।
८. बसाई सराई गरी आएकाहरुको हकमा बसाई सराई प्रमाणपत्र, घर, जग्गाको धनीपूर्जा
९. पेश भएका प्रमाणहरुको आधिकारीक एकिन हुनु पर्ने ।
१०. बाबुले जन्मको आधारमा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेको तर बाबु र आमा दुवैको मृत्यु भै सकेको भए प्र.जि.अ.बाट थप छानविन गरी थप प्रमाण बुझि नेपाली नागरिकता पाउने, नपाउने निर्णय हुने ।
११.  फोटो

प्रमाण पुगेकोमा उसै दिन
-अभिलेख माग गर्नु पर्नेमा प्राप्त भएपछि उसै दिन ।

रु. १०/- को टिकट

 स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

वैवाहिक अङ्गिकृत नागरिकता (नेपाली नागरिकसंग विवाह भएका महिलाका लागि मात्र)

१. तोकिय वमोजिमको फाराममा सम्वन्धित स्थानिय निकाय( गा.पा./न.पा.)को सिफारिस
२. विवाह दर्ता प्रमाण-पत्र
३. विदेशी नागरिकता त्याग्न कारवाही चलाएको निस्सा
४. पतिको नेपाली नागरिकताको प्र.प.
५. पतिको सनाखत वा पतिको मृत्यु भै सकेको अवस्थामा पतिको मृत्यु दर्ता प्र.प., पतिसंग नाता खुल्ने तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण-पत्र र सनाखत
६.  फोटो-४(चार) प्रति ।

प्रमाण पुग्ने बित्तिकै ।

रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

 स.प्र.जि.अ वा प्र.जि.अ.

 

कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा

 १. वावु वा आमाको ना.प्र.
२. कर्मचारी वहाल रहेको कार्यालयको सिफारिस
३. तोकिय वमोजिमको ढाँचाको २ प्रति निवेदन
४. विवाहित महिलाको हकमा पतिको ना.प्र. र विवाह दर्ता प्रमाण- पत्र
५. वावु वा आमा वा विवाहित महिलाको हकमा पतिको सनाखत
६.  फोटो ६ प्रति

प्रमाण पुग्ने बित्तिकै

रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

मातृत्व/पितृत्व ठेगान नभएका व्यक्तिले ना.प्र. लिदा

१. तोकिय अनुसारको फाराम (सिफारिस सहितको)
२. नेपाल सरकारवाट स्वीकृति प्राप्त वालमन्दिर वा अनाथ वालवालिका संरक्षण गर्ने संघ, संस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए सो संस्थाको सिफारिस
३. प्रचलित कानून वमोजिम संरक्षकत्व प्राप्त गरी व्यक्ति विशेषले पालनपोषण गरेकाको हकमा त्यस्ता व्यक्तिको ना.प्र. र सनाखत
४. आवश्यकता अनुसार स्थानिय निकाय वा प्रहरी प्रतिवेदन वुझ्न सकिने

प्रमाण पुग्ने बित्तिकै

रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

नागरिकताको प्रमाण पत्रको प्रतिलिपी

 १. तोकिएको ढाँचाको निवेदनमा स्थानिय निकायको सिफारिस
२. ना.प्र.प. नम्वर वा जारि मिति खुलेको प्रमाण
३. यसै जिल्लाको स्थायी निवासी भएको प्रमाण
४. अन्य जिल्लावाट ना.प्र.प. लिएकाको हकमा साविक जिल्लावाट अभिलेख प्राप्त गर्नु पर्ने
५. श्यामश्वेत फोटा-४ प्रति

प्रमाण पुग्ने बित्तिकै

रु. १५/- को टिकट

 स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

 स.प्र.जि.अ वा प्र.जि.अ.

 

नावालक/नावालिक परिचय पत्र

१.निवेदन
२.वावुआमाको नागरिकता
३. जन्मदर्ता
४.नाता प्रमाण-पत्र
५.स्थानिय निकायको सिफारिस
६.फोटो २ प्रति

प्रमाण पुग्ने बित्तिकै

रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

जनजति/दलित/वादी परिचय-पत्र

१.निवेदन
२.नेपाली नागरिकताको प्रमाण-पत्र
३.जन्मदर्ता
४. स्थानिय निकायको सिफारिस
५. फोटो २ प्रति

प्रमाण पुग्ने बित्तिकै

रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 

नेपाली नागरिकता त्याग

१. तोकिय बमोजिम विवरण खुलेको निवेदन
२. सक्कलै नेपाली नागरिकताको प्रमाण-पत्र
३. राहदानी लिएको हकमा सक्कलै राहदानी

प्रमाण पुग्ने बित्तिकै

रु. १०/- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत सम्वन्धित फाँटको नायव सुब्वा

स.प्र.जि.अ वा प्र.जि.अ.

 
               

 



पछिल्लो अपडेट गरिएको : 2083-01-28 12:46:04

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बझाङ .